२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रम ओलीविरुद्ध पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा अनुशासनको कारबाहीको प्रस्ताव पेस गरिने



अ+ अ-

काठमाडौं । सत्तारूढ नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी समिति बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गर्दै निरंकुश र जनादेशविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्न अनुशासनको कारबाहीको प्रस्ताव पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बताउनुभयो ।

बैठकले राष्ट्रपति भण्डारीले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको ठहर गर्दै संसद् विघटनको निर्णयलाई राजनीतिकरुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आज सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ भने लगत्तैदिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए । नेपाल समाचारपत्र दैनिक