६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु: नेता कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताउनु भयो । उहाँले महिलाहरुमा समाजलाई डोर्‍याउनसक्ने क्षमता हुने बताउनु भयो । उहाँले महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताउनु भयो । उहाँले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४ पटक चुनाव जितेँ म आफ्नो क्षेत्रबाट । योगदान महिलाहरुकै थियो । महिलाहरुलाई उच्चसम्म हामीले दिनुपर्छ । म आरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ । तर तपाईंहरु सशक्त भुमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन । नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ । यो खालि बिल्डिङ बनेर मात्रै हुँदैन । यसको काम, कर्तव्य, अधिकार के छ रु महिलालाई कसरी आकर्षित गर्नुहुन्छ । महिलाहरुलाई जति आकर्षित गर्नसक्नुहुन्छ, त्यति हामी सफल हुन्छौँ । महिलाहरुलाई ब्याक बेन्च बनाएर हुँदैन, अगाडि सार्नुपर्छ । म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर । अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमनत्री तपाईंहरुले पाउनु हुन्छ । महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरुको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्‍याउन सक्छ । तर तपाईंहरु सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटीलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ ।’

उहाँले महिलाहरुलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गर्नुभयो ।