२४ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नदीमा बेपत्ता बालकको शव फेला



अ+ अ-

रौतहट । रौतहटस्थित वाग्मती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार वाग्मती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।

गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।

पानीमा डुबेका अन्य दुई बालकहरु १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईं बताउनुभयो । पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो । रासस