
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । ओलीले प्रधानमन्त्रीमा सपथ लिएर पदभार सम्हालेलगत्तै चिनियाँ राजदूतले भेटेका हुन् ।
ओलीलाई भेटेर राजदूत सङ्गले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाइ दिएका छन् ।
भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’