६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा: मन्त्री राई



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराईरमधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदवालीपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुन:स्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभयो ।

उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ । विपद्बाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुन:स्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधान र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।

कोशी प्रदेशको सोलुखुम्बु, माप्य दूधकोशी(२ मा विस २०२७ मा जन्मिनुभएका राईले विस २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ विस २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । विस २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै विस २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो । हाल उहाँ पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।