
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ ।
सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो ।
त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुग्नुभएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।