
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भए लगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो ।
ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।
पछिल्लो राजनीतिक अवस्थाबारेमा उहाँहरू बिच छलफल भएको बताइएको छ ।