१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

धरान । धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उहाँले बताउनुभयो ।

भाकल पूरा गर्न झापाबाट धरान आउनुभएका अञ्जा कार्र्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।”

दश वर्ष अघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो । विस्तारै यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो ।

बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ । मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउनुहुन्छ । उहाँले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनी भिडभाड हुने गरेको बताउनुभयो ।

असारको अन्तिम शनिबार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताउनुभयो । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए । साउनभर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ ।

साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् । रासस