
एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह गरेका थिए ।
अन्तर्राष्ट्रिय भिभिआईपी पाहुनासहित करोडौं रुपैयाँ खर्चिएको यो विवाह अहिले चर्चामा छ ।
विवाहमा राधिका मर्चेन्टले सुनको कढाई गरिएको लेहेंगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोशाकको मूल्य २१४ करोड रुपैयाँ रहेको बताइएको छ ।
आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सनको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोहमा ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको छ ।
समारोहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती रहेको छ । विवाहका लागि बलिउडका शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पादुकोण, आमिर खान, जान्हवी कपूर, आलिया भट्ट, अनन्या पाण्डे, रणवीर कपूर, विक्की कौशल, कट्रिना कैफ, अमिताभ बच्चन लगायतका कलाकारहरू उपस्थित थिए । सेलिब्रेटीमात्र नभएर विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे ।