१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौ: अब्दुल खान



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पार्नुभयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै उहाँले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिकता उपचार गरेको छ । अव चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यक्ता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट ३, ४ महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरु मिल्नुस, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो । देशमा रोजगारी आउँछ भने तपाईहरु मिल्नुस् । मिलेर देशलाई निकास दिनुस । वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु । ’

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताउनु भयो ।