१६ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीलाई मेटमणिको आग्रह – देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु, ४ महिनामै परिस्थिति अनुकुल हुन्छ



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकुल हुने दाबी गर्नुभयो । उहाँले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनु भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटन हुनेगरी साक्षि नबस्न पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभएको होला नि ? को कस्तो छ भनेर । हामी त तपाईकै साथमा छौँ । सधैँ तपाई सँगै रहन्छौँ । तपाईकै साथमा छौँ । थियौँ । तर तपाई पटक–पटक हामीलाई छोड्नुभयो । त्यसैले यो अवस्थाको सामना पनि गर्नु परेको छ । आज परिस्थिति जस्तो भएपनि नेपाली काँग्रेसका सभापतिलाई दोषि तपाई कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकुल भइ त हाल्छ । १०० प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौँ । चार महिनामा अनुकुल परिस्थिति तपाइकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ । म कांग्रेसको सभापतिज्यूलाई पनि हेरिरहेको छु, नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी, संसद विघटन हुनेगरी साक्षि नबस्नु होला । यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ । चार महिना पछि आजको प्रधानमन्त्रीको जस्तो हालत नहोस् । छल गर्‍यो मायाले भन्ने गीत गुन्गुनाउनु नपरोस्, बुढानिलकण्ठको निवासमा बसेर ।’

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्न समेत गर्नुभयो । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उहाँको भनाई छ । उहाँले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गर्नुभयो ।