२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौंः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टी पंक्ति परिचालन गरिने जनाए ।

‘देशभक्तिमा के तागत हुन्छ ? राष्ट्रवादमा के तागत हुन्छ ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? अब हामी देखाइदिनेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने, सुशासन र शान्ति कायम गर्ने नीति तथा व्यवहारको तागतले पनि निर्वाचनमा सहजै जित हासिल हुने दाबी गरे । ‘यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ,’ उनले भने । उनले यसैका लागि केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थप गरी १ हजार १ सय जनाको केन्द्रीय कमिटी बनाइएको जानकारी दिए । अहिले विशेष परिस्थिति भएको र सिंगो पार्टी पक्तिलाई निर्वाचन र जनहितमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीलाई केही ठूलो पार्नुपरेको उनले जनाए ।

‘एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन् । त्यस कुरालाई पनि ध्यानमा राख्नुपर्छ । विभाजित भएर छुट्टियो नै भने पनि आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्छ । अध्यक्षको नाताले मैले पार्टीलाई कुनै पनि हालतमा असफल हुन दिनुहुन्न, गतिहीन बन्न दिनुहुँदैन । आन्दोलनलाई सिद्धिन दिनुभएन । पार्टीलाई ध्वस्त हुन दिनुभएन त्यसकारण सदस्यहरू थपिएको हो,’ ओलीले भने ।

सहमतिमै एकीकरणका कार्य सम्पन्न गर्दै एकताको महाधिवेशन गर्नुपर्नेमा त्यो बाटो नै नलिई गुटबन्दी, अस्वस्थता, अनुशासनहीनता र अराजकताको सिकार भएर फुटको औजार बन्ने चरित्रका कारण पार्टीमा खतरा उत्पन्न भएको उनले बताए । राजधानी दैनिक