२५ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित



अ+ अ-

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए ।

स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताउनुभयो । “हिजो रात्रिबस चढेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेट्टिनुभएका उहाँले भन्नुभयो, “काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद खबरको प्रतिक्षामा छौँ ।”

एञ्जल डिलक्स प्रालीका वीरगञ्जका इञ्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौँ प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताउनुभयो । “बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसीखुसी बिदाइ गरेका थियौँ तर पहिरामा परेको सुन्दा निकै दु:खित भएका छौँ ।”

कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका थिए । बस चालक जवाहीर महतो, सहचालक चौधरी थरका एक युवक र अर्को राजकुमार लामिछाने रहेका थिए । बसको चलानीमा पिपराका प्रकाश पटेल, वीरगञ्ज महानगरपालिकाका अरविन्द दुबे, वीरगञ्ज महानगरका हरेन्द्र पण्डित, बारा मुरहरवाका प्रमानन्द पण्डित, पर्साकै विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटैयाका रैफुल आलम र रामनगरीका थर नखुलेका सुजित भनिने व्यक्ति सवार थिए ।

भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज रहेका छन् । अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन ।

आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ । रासस