एजेन्सी । वर्षाको समयमा चट्याङ सबैभन्दा बढी पर्छ । सहरको तुलनामा ग्रामीण क्षेत्रमा बढी चट्याङ पर्ने गरेको छ । आज हामी तपाईलाई चट्याङ लाग्ने सम्भावना कुन–कुन व्यक्तिलाई बढी हुन्छ भन्ने जानकारी दिनेछौँ ।
मनसुनको आगमनसँगै चट्याङको घटना बढेको छ । चट्याङ लागेर मानिसले ज्यान समेत गुमाउन पुगेका छन् । के तपाईलाई थाहा छ चट्याङबाट मानिसलाई कसरी बचाउन सकिन्छ र कुन ठाउँमा चट्याङ बढी पर्छ ?
कुन मानिसलाई चट्याङले सबैभन्दा बढी असर गर्छ थाहा पाउनु अघि, चट्याङ कसरी सिर्जना हुन्छ र यसको कारणले मानिसको मृत्यु किन हुन्छ भन्ने जानकारी लिऔं ।
जानकारीका अनुसार सन् १८७२ मा वैज्ञानिक बेन्जामिन फ्र्याङ्कलिनले पहिलो पटक बादलमा चट्याङ पर्नुको सही कारण बताएका थिए । बादलमा पानीका स–साना कण हुन्छन्, जुन हावासँग घर्षणका कारण आवेशित (चार्ज) हुने उनले बताए । केही बादलहरू सकारात्मक रूपमा आवेशित हुन्छन्, जबकि अरूहरू नकारात्मक रूपमा आवेशित हुन्छन् ।
जब आकाशमा दुबै प्रकारका चार्ज भएका बादलहरू एकअर्कासँग ठोक्किन्छन्, लाखौं भोल्ट बिजुली उत्पादन हुन्छ । कहिलेकाहीँ यसरी उत्पादन हुने बिजुली यति धेरै हुन्छ कि त्यो पृथ्वीमा पुग्छ । यो घटनालाई चट्याङ पर्नु भनिन्छ ।
वर्षायाममा मामा–भाञ्जा सँगै बाहिर निस्कँदा चट्याङ पर्न सक्ने सम्भावना बढी रहने कथन छ । यसबाहेक कालो सर्प र कालो वस्तुमा पनि चट्याङ बढी पर्छ भनिन्छ ।
तर, वैज्ञानिकहरुका अनुसार चट्याङका बारेमा गरिएका सबै अनुमान गलत छन् । वास्तवमा, चट्याङ जुनसुकै बेला र जहाँ पनि जो कोहीमा पर्न सक्छ । चट्याङ कुनै व्यक्ति वा स्थानमा पर्दैन ।