१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनु भएको छ ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गर्नुभयो । उहाँले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताउनु भयो । उहाँले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताउनु भयो ।

उहाँले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताउनु भयो । उहाँले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताउनु भयो । उहाँले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘ एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति,पुनः समानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं ।

गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीतामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खाजेको हो भने स्वीकार्य हुँदैन । सुशासनको पक्षमा काम गर्न,ठूला फाइलहरु खाल्न शुरु गर्दा किन आत्तिनु भयो । काँग्रेस एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’

उहाँले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताउनु भयो ।