२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नक्कली भ्याट बिल बनाएर २० करोड रुपैयाँ राजस्व छली



अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व छलीको आरोपमा विभिन्न कम्पनीका सञ्चालक र कारोबारीसहित पाँच जनाविरुद्ध राजस्व छलिएको रकम बराबर बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरूमाथि कुल १९ करोड ९६ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा राजस्व छलिएको रकमसहित बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट बिल० बिजक प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका नवलकिशोर चौधरीलाई २ करोड १४ लाख ३० हजार २ सय ३८ रुपैयाँ, शिवम प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९ सय १९ रुपैयाँ र गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैयाँ गरी १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । राजधानी  दैनिकबाट।