काठमाडौँ: मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।
समितिले आज उहाँविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राससलाई जानकारी दिनुभयो । रासस