
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।
स्रोतका अनुसार सभापति रवि लामिछानेले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र पठाएका हुन् ।