२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’



अ+ अ-

काठमाडौँ । ‘इट्स माई शो’ का पूर्व प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माई शो’ विवादमा परेपछि उनले सामाजिक सञ्जालबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुरजसिंहले हाल ‘इट्स माई शो’मा आबद्ध नरहेको बताउदै आफूमाथि भईरहेको टिप्पणीहरूबारे सचेत गराएका छन् । उनले यस कार्यक्रम र यी घटनाहरूमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

उनले आफ्नो २३ वर्षको समर्पण ध्वस्त भएको बताउदै भनेका छन्, ‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’

उनले आफ्नो भविष्यको प्रयासमा दर्शकको साथ रहने विश्वास समेत व्यक्त गरेका छन् । ‘तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं गहिरो आभारी छु। तपाईंको प्रोत्साहन मेरो क्यारियरमा एक प्रमुख शक्ति भएको छ’, उनले भनेका छन् ।