१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ: काँग्रेस सांसद केसी



अ+ अ-

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद केसीले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म शुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल शुरु गर्नुपर्ने उहाँले दबाब दिनुभयो । सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नुवाकोटको ऐतिहासिक सात तले दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको नौ वर्ष भयो । पुनर्निर्माण हुन नसक्दा खण्डहरको रुपमा परिणत भएको छ । चीन सरकारले बनाई दिने घोषणा त गर्‍यो । तर आजसम्म त्यसै थिलथिलो रहेको छ । यसबारे पटक पटक मैले कुरा उठाए । तर कुनै पनि सरकारले पटक्कै ध्यान नदिएकोप्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुंग्याउने वा सरकारले नै युद्धस्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस् । संसद सचिवालयका कर्मचारीहरुको जायज माग तुरुन्त पूरा गरियोस् ।’

सांसद केसीले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।