२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१०५ वर्षकी हजुरआमाले लिइन् मास्टर्स डिग्री



अ+ अ-

काठमाडौं । अध्ययनलाई उमेरले छेक्दैन । यो भनाइलाई चरितार्थ गर्दै अमेरिकामा १ सय ५ वर्षीया हजुरआमाले स्नातकोत्तर अर्थात् मास्टर्स डिग्रीको उपाधि लिएकी छन् ।

अमेरिकी महिला भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी हुन् । हिस्लपले गत आइतबार स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् ।

पढाई छाडेको ८३ बर्षपछि उनले यो क्याम्पस डिग्री हासिल गरेकी हुन् । आफूले यो डिग्रीको साथ मान्यता पाउँदा खुसी लागेको उनले बताइन् । सन् १९४१ मा दोस्रो विश्वयुद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताको पूर्वसन्ध्यामा उनको मंगेतरलाई अमेरिकी सेनामा बोलाइने तयारी हुँदा हिस्लपले थेसिस बाँकी छाडेकी थिइन् ।

उनले सन् १९३६ देखि स्ट्यानफोर्डमा पढ्न सुरु गरेकी थिइन् । स्नातकोत्तर अध्ययनमा सुरु गर्नु अघि त्यहीबाट स्नातक गरेकी थिइन् । उनले कानून पढ्न चाहन्थिन् । तर उनको बुबाले कानून पढ्नका लागि शुल्क नतिरेपछि उनले शिक्षामा डिग्री रोजिन् ।

हिस्लपले स्नातकोत्तरको लागि पढाई पूरा गरिसकेकी थिइन् । केबल उनको थेसिसको अन्तिम संस्करणमा मात्र परिवर्तन गर्न बाँकी थियो । त्यहीबेला उनले शहर छोडिन् । र ओक्लाहोमामा फोर्ट सिलमा आफ्नो पतिको आर्मी पोस्ट नजिकै हनिमुन मनाइन् । यसो गर्नु आफ्नो रोजाई नभएको तर अरु विकल्प पनि नभएको उनले बताइन् ।

क्यालिफोर्निया हुर्किएकी उनी युद्ध पछि पति जर्जसँग वाशिंगटनमा बस्न थालिन् । त्यहाँ उनले पशुपालनको पारिवारिक व्यवसायमा सघाइन् । उनीहरूले दुई छोराछोरी हुर्काए । जसले गर्दा उनले पढाईलाई अगाडि बढाउन सकिनन् । उनी अध्यापन पेशामा पनि फर्किन सकिनन् । तर उनले शैक्षिक सुधारका क्षेत्रमा भने धेरै काम गरेकी छन् ।

१०५ वर्षको उमेरमा आएर मास्टर्स डिग्रि लिएर उनले शिक्षाप्रतिको लगावलाई त उदाहरणका रुपमा प्रस्तुत गरेकी छन् नै उनी आमअमेरिकीहरुकी प्रेरणाकी स्रोतसमेत भएकी छन् ।