१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दु:ख लागेको बताउनुभएको हो । उहाँले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउनु भयो । उहाँले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र गृहमन्त्रीले सय दिनको समिक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो कामपनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु । कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दु:ख लाग्यो । त्यो राम्रो कुरा होइन । यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस् ।’

उहाँले राजदुतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको पदलाई राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा ल्याउन संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।