१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सन्दीपको आगमनले थप बल मिलेको छ – कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो बताएका हुन् ।

नेपालले शनिबार बिहान तेस्रो खेलमा सुपर ८ मा पुगिसकेको दाबेदार टोली दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका सन्दीप यो खेलमा भने उपलब्ध हुनेछन् ।

आईसिसीको प्रेस मिटमा ‘रोहितले भने ‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं । सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ । हामी मानसिक रूपमा पनि तयार छौं । सन्दीपले धेरै क्रिकेट खेल्नुभएको छ । उहाँसँग धेरै अनुभव छ । उहाँले नियमित अभ्यास पनि गरिरख्नुभएको छ । उहाँ राम्रोसँग तयार हुनुहुन्छ ।’

‘हामी मैदानमा उत्रिएपछि हाम्रो मानसिकता नै कसरी जित्ने भन्ने हुन्छ । हाम्रो टीमको राम्रो तयारी छ । दक्षिण अफ्रिकासँग खेल्नलाई उत्साहित छौं ।’ रोहितले थपे ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन नसकेपछि अंक बाँडेको थियो ।

नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ ।