१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शेर्फेनको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले दियो न्युजिल्याण्डलाई १५० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डसामु १५० रनको लक्ष्य दिएको छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोड्यो । वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ३७ रन जोडेको थियो ।

उसका लागि शेर्फेन रदरफोर्डले विष्फोटक ब्याटिङ गरे । उनले ३९ बलमा ६८ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो । यस्तै, निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ तथा रोमारियो शेफर्डले १३ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्ग्युसनले २–२ तथा जेम्स निसम र मिचेल सान्टनरले १–१ विकेट लिए ।