२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताउनु भयो ।

उहाँले चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताउनु भयो । उहाँले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताउनु भयो ।

उहाँले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताउनु भयो । उहाँले भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताउनु भयो ।उहाँले बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताउनु भयो ।

उहाँले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताउनु भयो । उहाँले दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताउनु भयो । उहाँले महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ दुःखको कुरा हो । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र हो । सिंहदरबारमा नागरिकता नलिई छिर्न पाउँदैन । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन । सक्कल नै देखाउनुपर्छ । भित्रबाट कसैले जिम्मा लिएर छिर्न पाउने ठाउँमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई कसरी काममा लगायो । सोचनिय विषय हो । यसले धेरै किसिमको सुरक्षा देखि लिएर फेसलाई उजागर गरिदिएको छ । भारतीय बालबालिका थिए भन्ने गुनासो आएको थियो । तर अनुगमनका क्रममा देख्न पाएनौं । यसलाई जारी राख्छौं । महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर छ ।

महानगरपालिका सिंहदरबार वा व्यक्तिगत घर भन्दैनौं जहाँ पनि बालबालिका माथि भइरहेको शोषण गरिएको छ । त्यसका विरुद्ध उद्वार कार्य जारी रहन्छ । आज अन्तर्राष्ट्रिय बाल श्रम विरुद्धको दिवसकै दिन सूचना आयो । महानगरको दिवस विशेषमा काम गर्ने बानी छैन । दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गछौं ।

आज सिंहदवारबाट दुई जना बालक र दुई जना बालिका चार जनालाई उद्वार गरौं । श्रम सम्झौता विना तथा उमेर नपुगी काममा राखिएको रहेछ । बालबालिकाहरुको नागरिकता देखाउन सक्नु भएको छैन । एक जनाले नागरिकता देखाए पनि १६ वर्ष मात्रै पुगेको छ । सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेका छौं ।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।