२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महाकाली नदीको धार परिवर्तन गरेर भारतले लगायो तटबन्ध, नेपालबाट उच्चस्तरीय टोली अवलोकन गर्न जाँदै



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र सहमतिविपरीत भारतले दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५, गल्फै/भौरादगढस्थित महाकाली नदीको धार परिवर्तन गरेर निर्माण गरिरहेको तटबन्धको स्थलगत अध्ययन गर्न सरकारले उच्चस्तरीय टोली पठाउने भएको छ । गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित नापी विभागले सीमासम्बन्धी तथ्य, प्रमाण र विगतका सहमतिअनुसार तटबन्ध बनेरनबनेको सम्बन्धमा स्थलगत अध्ययनमा टोली पठाउन लागेको हो । प्राविधिकसहितको टोली खटाएर प्रतिवेदन पेस गर्न परराष्ट्र मन्त्रालयले भूमि व्यवस्था मन्त्रालयलाई पत्र पठाएको थियो ।

२०७० असार २ मा महाकाली नदीमा आएको बाढीअघिको नेपाली भूमिमा भारतले तटबन्ध बनाइरहेको र यसलाई रोक्न आवश्यक पहल गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई पुस २, ५ र सोमबार ९२० गते० तीन पटक पत्र पठाइसकेको छ । तत्काल तटबन्धको काम रोक्न आग्रह गर्दै परराष्ट्रले पनि दिल्लीस्थित नेपाली राजदूतावासमार्फत भारतको ध्यानाकर्षण गराएको थियो । तर भारतले यसमा कुनै जवाफ फर्काएको छैन ।

गृहले तेस्रो पटक मंगलबार तटबन्धको काम रोक्न माग गर्दै भारतलाई कूटनीतिक पत्र पठाउन परराष्ट्रलाई पत्राचार गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दार्चुला प्रशासनको सोमबारको पत्रका आधारमा मंगलबार परराष्ट्रलाई पत्राचार गर्दै तटबन्धको काम रोक्नेबारे भारतसँग पहल गर्न आग्रह गरिएको बताए । गृहको पत्रपछि केही दिनभित्रै परराष्ट्रले दिल्लीस्थित राजदूतावासमार्फत भारतलाई पत्र पठाउने तयारी गरेको छ । भारतलाई गरिएको अघिल्लो पटकको पत्राचार अघि नै महाकाली नदी नियन्त्रण आयोजनाले पनि बाढी आउनुअघिको नेपाली भूमिमा भारतीय पक्षले तटबन्ध बनाएको भन्दै तत्काल रोक्ने गरी पहल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयमार्फत परराष्ट्रलाई भनेको थियो ।

‘सीमा क्षेत्रमा संरचना बनाउँदा दुवै देशको सहमति र स्वीकृति आवश्यक छ । हामीले गम्भीर रूपमा लिएर तथ्यरप्रमाण के–के छन् भनेर स्थलगत अध्ययनका लागि गृह र परराष्ट्र मन्त्रालयका अधिकारीसहितको उच्चस्तरीय टोली खटाउन लगेका हौं,’ नापी विभाग स्रोतले भन्यो । मंगलबार विभागले यसबारे सरकारसँग भएका तथ्य र प्रमाणसहित आन्तरिक छलफल गरेको थियो । त्यसपछि केही दिनभित्रै टोली फिल्डमा खटाउने निर्णय भएको स्रोतले जानकारी दियो । कान्तिपुर दैनिक