१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वकप तथ्यांकमा भारत–पाकिस्तानः १५ खेलमा १४ मा भारत १ मा पाकिस्तान विजयी



अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तानबीचको आजको खेलमा सबैको नजर न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको पिचमा हुनेछ । यो मैदान असमान बाउन्स र सुस्त आउटफिल्डका कारण आलोचकको निशानामा परेको छ ।

यस्तो अवस्थामा भारत र पाकिस्तानजस्ता दुई बलियो टोली यस मैदानमा आमनेसामने हुँदा कडा प्रतिस्पर्धा देख्न सकिन्छ । टी–२० विश्वकपमा भारत र पाकिस्तानको टोली सात पटक आमनेसामने भएका छन् । भारतले ६ खेल जितेको छ भने पाकिस्तानले २०२१ को टी–२० विश्वकप जितेको थियो ।

टी–२० मा समग्रमा दुवै टोली १२ पटक भिडेका छन् । जसमा भारतले नौ खेल जितेको छ भने पाकिस्तानले तीन खेल जितेको छ ।

यस विश्वकपमा भारतीय टोलीको जिम्मेवारी यसका दुई सबैभन्दा अनुभवी ब्याट्सम्यानमाथि छ । पछिल्लो खेल जस्तै कप्तान रोहित शर्मा र विराट कोहलीले इनिङ्सको सुरुवात गरेको देख्न सकिन्छ । यी दुवैले टी–२० विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाएका छन् ।

रोहितले टी–२० विश्वकपमा पछिल्लो खेलमा १००० रन पूरा गरेका थिए र विराट र महेला जयवर्धनेपछि विश्वकै तेस्रो ब्याट्सम्यान बनेका थिए । सन् २००७ देखि भारतका लागि सबै टी–२० विश्वकप खेल्ने रोहित एकमात्र खेलाडी हुन् ।

टी–२० विश्वकपमा ६–१ को अग्रता लिएसँगै भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि ८–० को अग्रता लिएको छ । दुई टोलीबीचको टी–२० खेलमा सबैभन्दा बढी विकेट लिनेमा भारतीय खेलाडी सबैभन्दा अगाडि छन् । भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याले पाकिस्तानविरुद्ध ११–११ विकेट लिएका छन् । योसँगै भारतविरुद्ध ११ विकेट लिएका उमर गुल तेस्रो नम्बरमा छन् ।

यी तीन पछि अर्शदीप ६ विकेट लिएका छन् । योसँगै विराट कोहलीले भारत र पाकिस्तानबीचको टी–२० खेलमा सर्वाधिक रन बनाएका छन् । उनले पाकिस्तानविरुद्ध १० खेलमा ४८८ रन बनाएका छन् । रिजवान सूचीको दोस्रो स्थानमा छन् । उनले चार खेलमा १९७ रन बनाएका छन् ।

यो वर्ष भारतले चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ र चारैमा जित निकालेको छ । योसँगै पाकिस्तानले यो वर्ष १६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये टोलीले पाँचमा जित हात पारेको छ भने १० खेलमा हार बेहोरेको छ । एक खेल अनिर्णित रह्यो ।

यस्ता छन् भारत र पाकिस्तानबीचको खेलको तथ्यांकः
विश्वकपमाः
एकदिवसीय विश्वकपमा दुई टोलीबीच ८ खेलहरु भएका छन् । ती सबै ८ वटै खेल भारतले जितेको छ । टी–२० विश्वकपमा यी दुईबीच ७ खेल भएका छन् । जसमा ६ खेल भारतले जित्दा १ खेल पाकिस्तानले जितेको छ । यसरी दुवै ढाँचाका विश्वकपको कुरा गर्दा १५ खेलमा १४ खेल भारतले जितेको छ भने १ खेलमात्र पाकिस्तानले जितेको छ ।

भारत र पाकिस्तानले आईसीसी ट्रफि कतिपटक जितेका छन् ?
विश्व टेस्ट च्याम्पियनसिपः दुबै टोलीले उपाधि जित्न सकेका छैनन ।
एकदिवसीय विश्वकपः भारतले २ पटक तथा पाकिस्तानले १ पटक जितेको छ ।
टी–२० विश्वकपः दुबै टोलीले समान १–१ उपाधि जितेका छन् ।

भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय आँकडाः
टेस्ट ढाँचाको कुरा गर्दा ५९ खेलमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले १२ खेल जितेको छ । ३८ खेल अनिर्णित रह्यो ।

एकदिवसीय ढाँचामा दुई टोली १३५ पटक भिडेका छन् । जसमा ५७ खेलमा भारत विजयी हुँदा ७३ खेलमा पाकिस्तान विजयी भएको छ । यस्तै, ५ खेल अनिर्णित रह्यो ।

टी–२० ढाँचामा १२ खेल हुँदा ९ खेल भारतले जितेको छ भने ३ खेल पाकिस्तानले जितेको छ । यसरी समग्रमा दुई टोलीबीच २०६ खेल हुँदा ७५ खेल भारतले तथा ८८ खृल पाकिस्तानले जितेको छ । ४३ खेल अनिर्णित रह्यो ।