स्वर्गद्वारी (प्युठान), २२ जेठ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा विजयविराज विष्ट पुनः निर्वाचित हुनुभएको छ । दशौँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहनुभएको थियो । उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिनुभयो ।
मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए । रासस