१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकिकरण गरेर आएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।

उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिनु भयो । उहाँले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताउनु भयो । उहाँले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताउनु भयो ।

उहाँले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताउनु भयो । उहाँले एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडि क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ यसपाली अर्थमन्त्रीज्युले जानेर नजानेर मसिन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरुको प्राथमिकिकरण गर्नुभएको छ । आफैँले पनि सल्लाह लिएको थिए । पाँच छ वटा ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ । डिजिटललाइजेशन पहिलो छ । यसमा लक्ष्य ठूलो छ । हाम्रो अध्ययनले ५० करोडको निर्यात देखाएको छ । अबको १० वर्षमा ३० अर्ब पुर्‍याउने भनिएको छ । मिसन स्पष्ट छ । टाइम लिमिट पनि छ । १५ लाख रोजगारी दिने लक्ष्य पनि छ । आइटी पार्क,स्वदेशी सफ्ट्वेयरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक छन् ।’

‘अझ यसमा आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँच भन्दा बाहिर छैन । एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेका छौं । अर्को सालसम्म ४५ सय मेगावट जडित क्षेमता बनाउने लक्ष्य राखिएको छ । जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्छ । पर्यटनमा १६ लाखका कुरा गरिएको छ । त्यसलाई दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउनुपर्छ । पर्यटकको टाउँको गनेर मात्रै हुँदैन । यो पनि मिसन मोडमा नै आएको छ ।’

उहाँले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।