१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले ४५ बलमा ७६ तथा इब्राहिम जाद्रानले ४६ बलमा ७० रन जोडे । गुरबाजले ४ चौका तथा ४ छक्का हिर्काए भने इब्राहिमले ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ युगान्डाका कोसमस कीयुटा र ब्रायन मसाबाले २–२ तथा अल्पेस रमजानीले १ विकेट लिए ।