२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताउनुभएको हो । उहाँले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताउनु भयो । उहाँले उहाँले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको शुरुवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर मुलुक हुकुमी शासनमा चल्ने होइन । कानून अनुसार चल्नुपर्छ । कुनैपनि काम गर्दा कानून निर्माण गरेर, कानूनी राज्य अनुसार चल्नुपर्छ भन्ने हाम्रो अवधारणा हो । हामीले देख्यौँ । मापसे गरेका मान्छेहरुलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे ।’

‘यो कुन कानूनमा र कुन नियममा छ ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि ? मन्त्रालयबाट पत्राचार भएको छ कि ? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामी बिरुद्धमा छौँ । त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानून अनुसार मुलुकलाई अगाडी बढाउनु पर्दछ । कहिलेकाहीँ विद्यार्थीहरुले, विदेशीहरुले पनि स्वयंसेवा गर्छन् । पहेँलो ज्याकेट लगाउने मान्छेहरु सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरुको इज्जत रहन्छ रहँदैन । त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको शुरुवात होस् भन्ने माग गर्न चाहन्छु । मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन । कानुन अनुसार चलाउनु पर्‍यो । कसैको शोषण गर्न पाइँदैन । पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो । कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ ।’

उहाँले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गर्नुभयो ।