
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन यसअघि दुई पटक स्थगित भएको थियो ।आइतबार उक्त रिटको पेशी पाँचौँ नम्बरमा परेको छ ।
यसअघि सुनिल पोखरेलेको इजलासमा पेशी परेकोमा निवेदन आफैँले स्थगित गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।