काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपियाँ छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रामबहादुर चौधरीले बताउनु भएको छ ।
राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव चौधरीले बताउनु भयो।