१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चार वर्षको बच्चाले लक्ष्मी भगवानको मूर्ति निलेपछि



अ+ अ-

एजेन्सी । बच्चाहरुको गतिविधीमा विषेश ध्यान दिन जरुरी छ । बच्चाहरु चनचले स्वाभावको हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ ।  बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् । 

जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा पनि यस्तै एक अनौठो घटना भएको छ । भारतको कर्नाटकको रायचुर शहरमा एक ४ वर्षका बच्चाले मूर्ति निलेका छन् ।  

सधै सानो लक्ष्मीको मूर्तिसँग खेलिरहने ती बच्चाले अचानक मूर्ति मुखमा हालेर अड्काए । लक्ष्मीको सानो मूर्ति निलेपछि परिवार निकै आत्तिए । मूर्ति निलेको केही घण्टामा बच्चालाई अस्पताल लगेर भर्ना गरियो । 

अस्पतालमा डाक्टरले इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकाले । मूर्ति सानो भएकोले आन्द्रासम्म नपुगेकोले बच्चा भाग्यले बाचेको डाक्टरले बताए । डाक्टरले बच्चाको शरिरमा मूर्तिको विष फैलिएको भए खतरा हुने पनि बताए । समयमा नै निकालिएकोले बच्चालाई केही हुन पाएन ।