१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने



अ+ अ-

एजेन्सी । विश्वका धेरै देशहरुमा अधिकांश मानिसहरू रेलबाट यात्रा गर्छन् । यात्रुहरू बाहेक एक ठाउँबाट अर्को ठाउँमा सामान ढुवानी गर्न पनि रेलको प्रयोग गरिन्छ । तर के तपाईलाई थाहा छ विश्वको सबैभन्दा लामो रेल कुन हो र यसमा कतिवटा डिब्बा छन् ?

अष्ट्रेलियाको बीएचपी आयरन ओर संसारको सबैभन्दा लामो रेल हो । यो रेल जुन २००१ मा चलेको थियो र यसको लम्बाइ लगभग ४.६ माइल अर्थात् ७.३५३ किमी थियो । यो संसारको इतिहासमा सबैभन्दा लामो रेल थियो । पश्चिमी अस्ट्रेलियाको पिलबारा क्षेत्रमा बीएचपीको आफ्नै निजी रेल लाइन छ । यसलाई माउन्ट न्यूम्यान रेलवे भनिन्छ । यो रेल नेटवर्क फलामको ढुवानीको लागि डिजाइन गरिएको हो । बीएचपीले यस क्षेत्रमा अर्को रेल लाइन सञ्चालन गर्छ, जसलाई द गोल्ड्सवर्थी रेलवे भनिन्छ ।

अस्ट्रेलियाको बीएचपी आइरन ७.३ किलोमिटर लामो थियो । यो लामो रेलको साथ संसारको सबैभन्दा लामो र सबैभन्दा भारी मालगाडी रेल थियो । यो रेल ६८२ डिब्बा लोकोमोटिभहरूसँग सुसज्जित थियो, जसलाई आठ बलियो जनरल इलेक्ट्रिक डिजेल लोकोमोटिभहरूद्वारा तानिएको थियो ।

यो रेलले पश्चिमी अस्ट्रेलियाको यान्डी माइनदेखि पोर्ट हेडल्याण्डसम्मको २७५ किलोमिटरको यात्रा १० घण्टा चार मिनेटमा पूरा गरेको थियो । तर, बाटोमा चढ्ने क्रममा रेलबाट एक कपलर निस्किएकाले रेल यात्रा चार घण्टा ४० मिनेट ढिलो भएको थियो । त्यो समयमा, यो रेलमा ८२ हजार टन फलाम लोड गरिएको थियो ।

यो रेल यति लामो थियो कि २४ एफिल टावरहरू यसमा फिट हुन सक्थे । किनभने एफिल टावरको लम्बाइ ३०० मिटर छ । यो ट्रेनको वजन करिब एक लाख टन थियो ।

आज पनि बीएचपी आयरन ओर रेल चल्छ । यसमा २७० डिब्बा छन्, जसलाई चारवटा डिजेल लोकोमोटिभ इन्जिनले तान्छन् । यो रेलले करिब ३८,००० टन फलाम बोकेको छ । यद्यपि यसअघि सबैभन्दा लामो रेलको कीर्तिमान दक्षिण अफ्रिकाको नाममा थियो ।

सन् १९९१ मा त्यहाँ ७१,६०० टन तौलको रेल चलाइएको थियो । यो रेल साईसेनदेखि साल्दान्हाको बीचमा चलेको थियो र यसमा फलाम भरिएको थियो । यसमा ६६० वटा डिब्बा थिए र यसको लम्बाइ ७,२०० मिटर थियो । यसलाई तान्न नौ विद्युतीय र सात डिजेल लोकोमोटिभ इन्जिन जडान गरिएको थियो ।

छिमेकी राष्ट्र भारतको कुरा गर्दा भारतीय रेलवेले सन् २०२२ को अगस्ट १५ मा देशको सबैभन्दा लामो र सबैभन्दा भारी ट्रेन चलाउने उपलब्धि हासिल गरेको थियो । यसलाई सुपर वासुकी नाम दिइएको थियो । यो ३.५ किलोमिटर लामो मालगाडीलाई तान्न एक वा दुई होइन पाँचवटा इन्जिन जडान गरिएको थियो ।

यस रेलका २९५ डिब्बामा २७ हजार टन कोइला भरिएको थियो । यो छत्तीसगढको कोरबादेखि नागपुरसम्म गुडेको थियो र २६७ किलोमिटरको यात्रा ११ घण्टा २० मिनेटमा पूरा गरेको थियो । यसअघि रेलवेले एनाकोन्डा र शेषनाग जस्ता रेलहरू पनि चलाएको थियो ।