१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दमौली आगलागीपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराउनुभएको हो । त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिनुभएको न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।”

न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको थियो । गत सोमबार बिहान १२:४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

त्यसक्रममा रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको रु एक करोड १५ लाख र रक्सी बिक्रेताको रु एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।