
काठमाडौं । सरकारविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।
कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठनको माग राखेको छ । त्यस्तै, गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि माग गरेको छ ।
प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु पनि सहभागी भएका छन् ।