काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।
‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट भएकोले यो धेरै घातक नहुने बताईएको छ । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।