२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह



अ+ अ-

एजेन्सी । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन्।

अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए । तर, जय शाहले यस्ता समाचारको खण्डन गरेका छन् ।

एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै पनि अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । भाइरल भएको समाचार गलत हो । जब हामी अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्छौं, टीम इन्डियाको मुख्य प्रशिक्षकको पद सबैभन्दा महत्त्वपूर्ण हुन्छ। विश्वमा सबैभन्दा धेरै फ्यान भारतीय टोलीका छन् । हामी टीम इन्डियाका लागि सही तरिका र प्रतिभाका आधारमा प्रशिक्षक छनोट गर्नेछौं । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ। उसले घरेलु क्रिकेटको बारेमा पनि जान्नु पर्छ ताकि उसले टीम इन्डियालाई अर्को स्तरमा पुर्‍याउन सकोस।’

यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले आफुलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताएका थिए । उनले बीसीसीआईले आफुलाई सम्पर्क गरेपनि त्यसका लागि तयार नरहेको बताएका थिए ।

यस्तै, लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक ल्याङ्गरले पनि यो पदका लागि आफू तयार नभएको बताएका छन् ।

बोर्डले अप्रिल १३ मा मुख्य प्रशिक्षक पदका लागि आवेदन खmुाएको थियो । आवेदन दिने अन्तिम मिति मे २७ गते बेलुकी ६ बजेसम्म रहेको छ । टीम इन्डियाको नयाँ मुख्य प्रशिक्षकको कार्यकाल जुलाई २०२४ देखि डिसेम्बर २०२७ सम्मका लागि हुनेछ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । उनकै प्रशिक्षणमा टोलीले २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।