१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै जनकपुरका मेयर धर्नामा



अ+ अ-

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई साधारण तारेखमा छाड्न माग गर्दै जनकपुरधामका मेयर मनोज कुमार साह धर्ना बसेका छन् ‌।

जिल्ला अदालत धनुषा अगाडि केहि नगरवासीसहित मेयर साह पनि धर्ना बसेका हुन् ।

नागरिकता नम्बर फरक हुनुमा अध्यक्ष सिरोहियाको दोष नरहेको बताउदै उनले भने ‘नागरिकता नम्बरमा फरक छ भने त्यो त जिल्ला प्रशासन कार्यालयको त्रुटि हो । यसमा सिरोहिया जीको के दोष ? उहाँ त जनकपुरवासी हुनुहुन्छ । नेपाली नागरिक हुनुहुन्छ ।’

राज्यले जनकपुरधाम र मधेशसँग विभेद गरिरहेको आरोप लागाउदै उनले विभेदपूर्ण सिरोहियामाथि चलाएको मुद्दा खारेज गर्न माग गरे ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद सकिएकोले प्रहरीले आज पुन: म्याद थप्न उनलाई अदालत ल्याएको छ ।