९ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को लिग राउण्ड सकिएको छ । सिजनको अन्तिम लिग खेल वर्षाका कारण हुन सकेन । यो सिजन वर्षाका कारण ३ खेल हुन सकेनन् ।

अब प्लेअफको चरण छ । फ्यानहरुको मनमा यो प्रश्न छ कि प्लेअफमा वर्षाका कारण खेल नखेल्दा के हुन्छ ?

वर्षाका कारण प्लेअफ खेल हुन सकेन भने ?
नियम अनुसार वर्षाका कारण खेल ढिलो वा स्थगित भएमा पूरा गर्न थप २ घण्टा समय दिइने छ । प्लेअफमा २ घण्टाको समय दिइएको छ भने लिग खेलका क्रममा यो समय १ घण्टा अर्थात् जुन दिन खेल हुँदैछ सोही दिन पूरा गर्ने प्रयास गरिनेछ ।

प्लेअफ खेलका लागि रिजर्भ डे राखिएको छ ?
अहिलेसम्म आईपीएलमा रिजर्भ डे फाइनलका लागि मात्रै राखिएको थियो । यसपटक सबै ४ प्लेअफ खेलका लागि रिजर्भ डे राखिएको छ । पानी परेमा थप २ घण्टामा पनि खेल सकिएन भने रिजर्भ डेमा खेलाइनेछ । खेल रिजर्भ डेमा पूर्ण रूपमा नयाँ खेलाइनेछ, जसले गर्दा दुबै टोलीले बराबरी खेल्ने मैदान पाउनेछन् । यसले खराब मौसमका कारण खेलको नतिजामा अन्याय नहुने पनि सुनिश्चित गर्नेछ ।

वर्षाका कारण रिजर्भ डेमा पनि खेल हुन नसके के हुन्छ ?
यदि रिजर्भ डेमा पनि प्लेअफ खेलहरू पूरा भएन भने, बिजेता अंक तालिकाको आधारमा तय हुनेछ । त्यो हो, लिग खेलहरूमा टोलीको स्थितिको आधारमा ।

प्लेअफ खेल बराबरी भएमा वा नतिजा नआएमा विजेताको निर्णय नभएसम्म सुपर ओभर खेलाइनेछ । परिस्थितिका कारण सुपर ओभर हुन नसकेमा अंक तालिकाको शीर्ष स्थानमा रहेको टोलीलाई विजेता घोषित गरिनेछ ।

कुनै पनि आईपीएल प्लेअफ म्याच वा फाइनल रिजर्व दिनमा खेलिएको थियो ?

गत सिजनको फाइनल खेल रिजर्भ डेमा खेलिएको थियो । २८ मे २०२३ मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीचको फाइनल अहमदाबादमा वर्षाका कारण हुन सकेन । त्यसपछि दोस्रो दिन, चेन्नईलाई डकवर्थ लुइस विधि अन्तर्गत संशोधित लक्ष्य दिइएको थियो । यस खेलमा चेन्नईले गुजरातलाई ५ विकेटले पराजित गरेको थियो ।