१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै



अ+ अ-

काठमाडौँ । आईपीएलमा आज पहिलो क्वालिफायर खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्ने छ । हार्ने टोलीले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्ने मौका पाउनेछ ।

केकेआरले दुई पटक आईपीएलको उपाधि जितेको छ । यसले दुई पटक क्वालिफायर–१ खेलेको छ र दुवै पटक खेलसँगै प्रतियोगिता जितेको छ ।

केकेआरले आठौं पटक प्लेअफ खेल्नेछ। फाइनलमा एक पटक, एलिमिनेटरमा दुई पटक र क्वालिफायर–२ राउन्डमा दुई पटक हारेको थियो । केकेआर पहिलो पटक २०११ मा प्लेअफका लागि छनोट भएको थियो र अन्तिम पटक २०२१ मा नकआउट चरणमा पुगेको थियो ।

अर्कोतर्फ सनराइजर्स हैदराबाद सातौं पटक आईपीएलको प्लेअफमा पुगेको छ । टोली पहिलो पटक २०१३ मा प्लेअफमा पुग्यो, जुन टोलीको डेब्यु सिजन थियो । हैदराबाद पछिल्लो पटक २०२० मा शीर्ष ४ मा पुगेको थियो ।

उसको पछिल्लो छ प्लेअफ उपस्थितिहरूमा दुई पटक फाइनलमा पुग्यो । २०१६ मा उपाधि जित्दा २०१८ मा उपविजेता मै चित्त बुझायो । टोली तीन पटक एलिमिनेटरमा र एक पटक क्वालिफायर–२ मा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

हेड टु हेडमा केकेआर हैदराबादमाथि हावी छ । अहिलेसम्म दुई टोलीबीच २६ खेल भएका छन् जसमध्ये १७ खेलमा केकेआर विजयी भएको छ भने हैदरावादले ९ खेल जितेको छ, अर्थात् टोलीले ३४.६ प्रतिशत मात्रै जितेको छ ।

यो सिजन दुई टोलीबीच एउटा मात्र खेल भएको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा केकेआरले ४ रनले जित हात पारेको थियो । यी दुईबीचको प्रतियोगिताको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

केकेआरका लागि ओपनिङ गर्दा सुनिल नारायण र फिल साल्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवैले पावरप्लेमा टोलीलाई बलियो बनाएका थिए । टोलीका स्टार खेलाडी फिल साल्टले खेल खेल्ने छैनन् । साल्ट पाकिस्तानविरुद्ध ४ खेलको टी–२० सिरिज खेल्न इङ्ल्यान्ड फर्किएका छन् ।

साल्टको अभावमा टोलीले घाटा बेहोर्नु पर्ने हुन्छ । उनको स्थानमा रहमानुल्लाह गुरबाजले सिजनको पहिलो खेल खेल्नेछन् । मिडल अर्डरमा पनि श्रेयस अय्यरले ठूला इनिङ्स खेलेका छैनन् तर नन स्ट्राइकमा राम्रो साथ दिएका छन् ।

फिनिशरमध्ये आक्रामक आन्द्रे रसेलले यो सिजन डेथ ओभरमा ठूला सट प्रहार गर्ने जिम्मेवारी लिएका छन् । वरुण चक्रवर्तीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हर्षित राणाले ११ खेलमा १६ विकेट लिएका छन् । सुनिल नारायणले पनि ४६१ रन बनाएर १५ विकेट लिएका छन् ।

अर्कोतर्फ ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छन् । दुवैले आक्रामक पारी खेलेका छन् । मध्यक्रममा हेनरिक क्लासेनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले १३ खेलमा ३ सय ८१ रन बनाएका छन् ।

बलिङमा टी नटराजनले ११ खेलमा १७ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, कप्तान प्याट कमिन्सले १५ र भुवनेश्वर कुमारले ११ विकेट लिएका छन् । दुई टोलीबीचको खेल उच्च स्कोरिङ हुने अपेक्षा गरिएको छ ।

खेलको दिन अहमदाबादमा तातो हुनेछ । तर, साँझ खेल भएकाले खेलाडीलाई राहत मिल्नेछ । दिनको न्यूनतम तापक्रम ३१ डिग्री रहनेछ । साथै वर्षाको सम्भावना छैन ।

अहमदाबादमा पहिले ब्याटिङ गरेको टोली बोर्डमा ठूलो स्कोर राख्दै खेल जित्न सफल भएको छ । पहिले ब्याटिङ गर्ने टोलीको औसत स्कोर १७० रनको नजिक छ । तर, यो सिजन यस मैदानमा २०० रन पनि पछ्याइएको छ ।

आकाश सफा भएकाले पानी पर्ने खतरा नरहेकोले कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने अपेक्षा गरिएको छ । फास्ट बलरहरूले विकेटबाट राम्रो सहयोग पाउनेछन्, जबकि स्पिनरहरूले पछिको ओभरहरूमा मद्दत पाउनेछन् ।