११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले काँग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिनुभएको हो । उहाँले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाउनु भयो । उहाँले नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौति दिन चाहन्छाँै, चुनौतिपूर्वक भन्न चाहन्छाँै, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौति छ । तपाईंले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला ।’

उहाँले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताउनु भयो ।