२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो ।

काँग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।

अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो ।