१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका नवनियुक्त सात मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रबार नवनियुक्त सात मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की र खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले शपथ लिएका छन् ।

यस्तै, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र दुई राज्यमन्त्रीहरु सिर्जना राई र बन्दना झाँगडले पनि पद तथा गोपनीयतको सपथ लिएका हुन् ।

मन्त्रीमण्डल विस्तारसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ ।