२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खेतको सिमानामा विवाद हुँदा कोदालो प्रहार गरी सँधियारको हत्या



symbolic picture
अ+ अ-

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ ।

कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिनुभयो । अध्यक्ष महतोका अनुसार दुई सँधियारबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो ।

घटना भएयता बचाइ फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । रासस