९ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताउनु भयो ।

उहाँले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताउनु भयो । उहाँले अनियमितताबिरुद्ध आवाज उठाउँदा काँग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका बिरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ । विपक्षमा बसेर काँग्रेसले प्रश्न गर्‍यो, सत्तामा बसेर सत्तारुढ दलहरुले काँग्रेसलाई प्रश्न गरिरहेका छन् । सत्तामा बस्ने त उत्तर दिनका लागि हो, कामबाट उत्तर दिने उद्देश्यका लागि सत्तामा बस्ने हो । तर सत्तामा बसेर विपक्षीमा भएको काँग्रेसलाई प्रश्न गरिरहेका छन् । काँग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्‍यौँ । सत्ताको काम उत्तर दिने हो उनीहरुको प्रश्न गर्ने होइन । उत्तर दिन सकेनन्, उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरुले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन् । अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ । मेराबिरुद्ध अदालतले निर्णय गर्न पाउँछ, म अदालत भन्दा धेरै माथि हुँ । मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत ? त्यस्तो ढंगबाट धम्की आइरहेको छ । यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो । कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुनेबाटो तिर जान दिनु हुँदैन ।’

सांसद पौडेलले नेपाली काँग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताउनु भयो ।