२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संविधानबमोजिम नै संसद् विघटन: अर्थमन्त्री



अ+ अ-

ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटन संविधानबमोजिम भएको जिकिर गर्नुभएको छ । ललितपुर चेम्बर अफ कमर्सको पहिलो साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो जिकिर गर्नुभएको छ ।

संविधानको धारा ७६ र ८५ ले प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको तर संविधानको अपव्याख्या गर्दै विरोध गरिएको बताउँदै अर्थमन्त्री पौडेलले सोहीअनुरुप सरकारले काम गरेको धारणा राख्नुभयो । बहुमत प्राप्त दलले प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार संविधानले दिएको पनि उहाँले दाबी गर्नुभयो ।

देश अनिर्णयको बन्दी भएकाले थप निर्णयका लागि जनतामा जानुपरेको बताउँदै उहाँले भन्नुभयो– ‘अनिर्णयको बन्दी भएपछि सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष जानुको अर्को विकल्प छैन । त्यसैले तोकिएको मितिमा निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

स्वतन्त्र एवं सक्षम न्यायपालिकाको अवधारणाको मर्मलाई आत्मसात गर्न पनि अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो । उहाँले सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको वैधता परीक्षण गर्ने धारणा राख्नुभयो । नेपाल समाचारपत्र दैनिक