काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् ।
२८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन् ।
नेकपा एसका सोडारीले एमालेको ११, माअोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिए । विपक्षमा भने शून्य मत पर्यो ।
कांग्रेस र नाउपा रेशम पक्षले भने मतदान बहिष्कार गरेका थिए ।