२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने



अ+ अ-

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा र समय निर्धारण गर्नेछ । भारतले पहिलो चरणमा नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई खोप दिने तयारी गरेको छ ।

बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको अस्ट्राजेनेका भारतमा उत्पादन गरेको खोपलाई प्रयोगको अनुमति दिइसकेको छ ।

भारतमा भने शनिवारदेखि खोप दिन शुरु गरिएको छ । खोपका कारण हालसम्म ४ सय ४७ जनालाई सामान्य असर देखिएको छ । बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ । राजधानी दैनिक